दमक/दमक जेसिजको आयोजनामा भब्य रुपमा पारिवारीक जमघट तथा बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीका अनुसार प्रत्येक बर्ष जेसिजले पारिवारिक बनभोजको कार्यक्रम गर्दै आएको छ ।

पूर्व अध्यक्ष, जेसिजका पदाधिकारी तथा सदस्यहरु परिवारका सदस्यहरु सहित कार्यक्रममा सहभागि भएका थिए । सो अवसरमा जोडि नृत्य प्रतियोगिता समेत गरिएको जनाईएको छ । कन्काइ नगरपालिकामा पर्ने जामुनखाडिमा भएको कार्यक्रमको संयोजक रमेश लुइटेल रहेका थिए ।