पोखरा- माओवादी केन्द्र ४ नम्बर प्रदेशको सभामुखमा पर्वतबाट प्रदेशसभामा निर्वाचित नेत्रनाथ अधिकारी (हिमाल) सिफारिस भएका छन्।

माओवादी केन्द्रको संसदीय दलको शनिबार बसेको बैठकले सभामुख पदमा अधिकारीको नाम सिफारिश गरेको हो। यस्तै, यो प्रदेशमा संसदीय दलको नेतामा तनहुँबाट निर्वाचित हरिबहादुर चुमानलाई चयन गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी, कास्की निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट निर्वाचित रामजीप्रसाद बराल संसदीय दलको उपनेतामा चयन भएका छन्।

यस्तै, दलको प्रमुख सचेतकमा बाग्लुङबाट निर्वाचित चन्द्रबहादुर बुढा र सचेतकमा समानुपातिकवाट सांसद बनेकी गायत्री गुरुङ(कुसुम) चयन भए।