उर्लाबारी- मोरङको पथरीशनिश्चरेमा गएराति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। चन्द्रबहादुरले के कारणले  श्रीमतीको हत्या गरेका हुन् भन्ने खुल्न सकेको छैन। रासस