रसुवा– रसुवाको उत्तरगया गाउँपालिका ५ खाल्डेस्थित त्रिशूली नदीमा पानी बोकेको ट्यांकर खस्दा चालक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा नुवाकोट खुमलटारका २५ वर्षीय नवराज श्रेष्ठ छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गल्छी-बेत्रावती सडक निर्माण भइरहेको स्थानका लागि पानी लिन नुवाकोटको मनकामना जाने क्रममा आइतबार बिहान ११ बजे उत्तरगया गाउँपालिकाको खाल्डेस्थित त्रिशुली नदीमा बा २ ख ७४१६ नम्बरको ट्यांकर खसेको प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए।

ट्यांकरसँगै बेपत्ता चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। नेपाल लाइभ बाट साभार