दमक/झापाको शिवसतासी नगरपालिका वडा नंंं. ७ ब्याङ्डाडामा लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकको आयोजना र कल्याणकारी ब्यापारी समुहको संयोजनामा एक दिने बृहत निशुल्क बिशेषज्ञ सेवा सहितको स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।

आइतवार भएको स्वास्थ्य शिविरको उद्घाटन शिवसतासी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले गरेका थिए । क्लवका अध्यक्ष रुद्र गौतमका अनुसार बिशेषज्ञ डाक्टरहरु सहितको निशुल्क स्वास्थ्य जाँच र औषधि बितरण सहित स्वास्थ्य शिबिरको आयोजना गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गौतमका अनुसार नोवेल अस्पताल बिराटनगरको प्राजिधिक सहयोगमा शिबिर स्थलमा नै निशुल्क रुपमा ल्याव परीक्षण, भिडियो एक्स रे, मुटुको इसिजि सेवा समेत उपलब्ध गराइएको थियो ।

शिविरमा जेनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया परीक्षण, हाड जोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाँक, कान, घाँटी, आँखा परीक्षण, दन्त रोगका बिशेषज्ञहरुले बिरामीको जाँच गरेका थिए ।

लायन्सकर्मी समेत रहेका स्वास्थ्यकर्मी बुद्धिशेखर भट्टराइका अनुसार स्वास्थ्य शिबिरमा ११ सय ९२ सयभन्दा बढि बिरामीले जाँच गराएकाछन् । बिशेषज्ञ डाक्टरले लेखेका औषधिहरु समेत निशुल्क उपलब्ध गराइएको उनले जनाए ।

स्वास्थ्य शिबिरमा आएर लाइनमा बसेर ९९ बर्षिया बलबहादुर सम्बाम्फे, ९९ बर्षिया मायादेबी भण्डारी, ८१ बर्षिय कुलबहादुर खड्का लगायतले समेत जाँच तथा उपचार गराएको लायन्स क्लव अफ माउण्ट एभरेष्टका तृतिय उपाध्यक्ष मनोज अग्रवालले बताएकाछन् । भिडियो एक्स रे ५७ जना, मुटुको इसिजि ३६ जना, रगत परीक्षण ६० जनाले गराएकाछन् ।

स्थानीय सामाजिक अगुवा लोकबहादुर अधिकारीको बिशिष्ठ आतिथ्यमा भएको शिबिर उद्घाटनमा लायन्सका रिजन चियर पर्सन अजय अग्रवाल, जोन चियर पर्सन रामचन्द्र बराल, रबिन गजमेर, बिष्णु पौड्याल लगायतको उपस्थिति रहेको थियो ।

फोटाहरु-विष्णुप्रसाद पोखरेल