म्याग्दी- बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला परेपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो। उनलाई दुर्घटनास्थलदेखि करिब एक किलोमिटर तल राहुपारे नजिकैको झोलुंगे पुल छेउको कालीगण्डकी किनारमा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ग १ ज ५७६० नम्बरको बोलेरो सडकबाट करिब १०० मिटर तल कालिगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको हो। पोखरादेखि बेग जाँदै गरेको सो जिपमा चालकसहित पाँच जना सवार थिए। (रासस)