दमौली, तनहुँ, २८ माघ (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाले पूर्णता पाउना साथ काँग्रेस सरकारबाट हट्ने बताउनुभएको छ ।

तनहुँको दमौलीमा बन्ने अत्याधुनिक सुविधासम्पन्न सभाहलको आइतबार शिलान्यास गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “काँग्रेस सत्तामा बस्न नचाहे पनि देशलाई सरकारविहीन बनाएर छाड्न नमिल्ने भएकाले सरकारमा बसिरहन बाध्य भएको हो ।” अब काँग्रेसले शसक्तरुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिंहदरबारको अधिकार स्थानीय तहबाटै स्थापित गराएरै छाड्ने उहाँको दाबी छ । व्यावसायिक कृषि, पर्यटन र ऊर्जाको विकास गरी मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिँदै उहाँले धार्मिक एवं पर्यटकीयस्थल व्यास पराशर, तनहुँसुर र चुँदी रम्घाको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको उहाँले जानकारी दिनुभयो ।