काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अबको एक साताभित्रमा कांग्रेस सरकारबाट बाहिरिने बताएका छन्।

नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको १०औं केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै पूर्वगृहमन्त्री निधिले संघीय संसद्ले पूर्णता पाएसँगै कांग्रेसले सरकार छाड्ने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता निधिले पार्टीका तर्फबाट समानुपातिकतर्फ निर्वाचित हुनेको नाम निर्वाचन आयोगमा पठाउने तयारी भइरहेको जानकारी दिए।

यस्तै, निधिले संघीय शासन व्यवस्थाले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे। (रासस)