काठमाडौं  । नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदको सूची तयार पारेको छ । निर्वाचन आयोगले माग गरेबमोजिम पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार काँग्रेसले बन्दीसूचीबाट समावेशी समूहसमेत मिलाएर सूची तयार पारेको हो ।

आइतबार काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीले पाएको ४० सिटका लागि नाम छनोट गरेको हो । छनोट गरिएको नामावली आइतबार नै निर्वाचन आयोगसमक्ष बुझाइएको काँग्रेसले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काँग्रेसले तयार पारेको समानुपातिकतर्फका सांसद निम्न लिखित छन् ।

खस/आर्य (पुरुष-६) बालकृष्ण खाँड दिलेन्द्र बडु किशोरसिंह राठौर सत्यनारायण खनाल सूर्यबहादुर केसी मोहन पाण्डे

आदिवासी जनजाति-५ बहादुरसिंह लामा कर्मा घले उमेश श्रेष्ठ लालकाजी गुरुङ जिपछिरिङ लामा

दलित-३ मानबहादुर विश्वकर्मा मीन विश्वकर्मा प्रकाश रसाइली

मधेसी-३ विनोद चौधरी स्मृतिनारायण चौधरी नगेन्द्रकुमार राय

महिला (खस/आर्य-६) सुजाता कोइराला पुष्पा भुसाल डिला संग्रौला मीना पाण्डे उमा रेग्मी दीपशिखा शर्मा

महिला (जनजाति-६) ज्ञानकुमारी छन्त्याल प्रमिला राई महेन्द्रकुमारी लिम्बू हीरा गुरुङ मीना सुब्बा सुवर्ण ज्वारचन

महिला (दलित-३) सुजाता परियार लक्ष्मी परियार विमला नेपाली

महिला (मधेसी-३) सीतादेवी यादव चित्रलेखा यादव मीनाक्षी झा

थारू (१) पद्यमनारायण चौधरी

मुस्लिम(१) अतहर कमल मुसलमान

पिछडिएको क्षेत्र (१) जयपति रोकाया