विष्णुप्रसाद पोखरेल

दमक/मोरगको उर्लाबारी ६ स्थित सुकुम्बासी बस्तिमा बसोबास गर्दै आएकी एक सन्थाल महिला आर्थिक अभावले रोग पालेर बस्न बाध्य भएकीछन् ।  अर्काको घरमा यो परिवार डेरामा बस्दै आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सानैदेखि  रोगी रहेकी २५ बर्षिया मुना हस्दाका श्रीमान सुनिल हस्दा ट्याक्टरमा बालुवा हाल्ने मजदूरी काम गर्छन् । सानी छ बर्षकी छोरी समेत रहेको सन्थाल परिवारलाइ एकजनाको कमाइले खान समेत मुश्किल भएपछि अहिले पीत्त थैलीको अप्रेसनमा समस्या भएको पाईएको हो ।

अलिअलि जोगाएको पैसाले बिराटनगरस्थित नोवेल अस्पतालमा चेकजाँच गरेको र अप्रेसनका लागि पैसा धेरै चाहिने भएपछि रोग बोकेर नै सन्थाल फर्केकी हुन् । उनले प्रारम्भिक चरणको सबै जाँच गराएकीछन् ।

श्रीमान् सुनिल हस्दाले आफ्नो श्रीमतिको ज्यान बचाइदिन आग्रह गरेकाछन् । दिनहु पीडा खेपेर बस्न बाध्य भएको र रोएर रात काटिरहेको उनले बताए । औषधि किन्ने पैसा आफै जोह गर्ने बताउदै अप्रेसनका लागि सहयोगका लागि उनले अपिल गरेकाछन् ।