दमक/रेडक्रस सोसाइटी उपशाखा दमकको सभापतिमा लिला गुरागाइले उम्मेदवारी दर्ता गराएकाछन् । निवर्तमान सभापति गुरागाइलाइ रेडक्रस सदस्यहरुले एकपटक पुन नेतृत्व गर्न आग्रह गरेपछि उम्मेदवारी दर्ता गरेको बताइन्छ ।

आफ्नो कार्यकालमा महत्वपूर्ण कामहरु गरेको र सामुदायिक अस्पताल सञ्चालनको समेत अन्तिम तयारीमा पुर्याएकाले उनलाइ नेतृत्व दिनका लागि दबाब परेको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गुरागाइ दमकमा लोकप्रीय ब्याक्तित्वको रुपमा चिनिन्छन् । रेडक्रसमा उनले यो अवधिमा कुनै पनि बिबादीत निर्णय तथा गतिबिधिहरु समेत गरेनन् । गुरागाइ सर्वसम्मत बन्ने सम्भावाना पनि रहेको बताइन्छ ।