काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टुवान बार्ता सकिएको छ । पार्टी एकता रसरकार गठनको बिषयमा अन्तिम गृहकार्य गरिरहेका दुई अध्यक्षबीच आज बिहान करिव दुई घण्टा वान टुवान बार्ता भएको हो ।

एमाले स्रोतका अनुसार ओली र दाहालको आजको भेट एकीकृत पार्टीको नेतृत्वमा केन्द्रीत रहेको थियो र छिटै नयाँ नतिजा दिने विषयमा केन्द्रित रही छलफल भएको थियो । छलफलमा ठोस निष्कर्ष भने आउन सकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस बिषयमा थप छलफल गर्न मंगलबार एकता संयोजन समितिको बैठक बस्ने बताईएको छ। ओली र दाहालबीच जनताको भावनाअनुसार एकता अघि बढाउने सहमति भएपनि ठोश निर्णय आउन सकेको छैन ।

-छलफल डट कममा खबर रहेको छ