संघीय समाजवादी फोरम नेपालले प्रतिनिधीसभाको समानुपातिकमा पार्टीले ६ सीट पाएकाेमा ६ वटै सीटमा सबैकाे नाम टुङ्गो लगाएको हो ।
आइतबार राति गरिएको निर्णयअनुसार फोरमले ५ महिला र १ पुरुषको नाम निर्वाचन आयोगमा आज बुझाउन लागेका छ।
फोरमले पुरुष राजेन्द्र श्रेष्ठ र महिलाहरुमा सरिता गिरी, रेणुका गुरुङ, रेणु यादव, कलुदेवी बिक, रुही राजलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो। सिफारिश भएका सबै समानुपातिक सूचीको क्लष्टरमा पहिलो नम्बरमा थिए।










