विष्णुप्रसाद पोखरेल दमक/मोरगको उर्लाबारी ६ स्थित सुकुम्बासी बस्तिमा बसोबास गर्दै आएकी एक सन्थाल महिला आर्थिक अभावले रोग पालेर बस्न बाध्य भएको समचार सवाल नेपाल अनलाइनमा आएपछि लाइफलाइन अस्पतालले उपचारमा तत्काल चासो देखाएको छ।
अर्काको घरमा यो परिवार डेरामा बस्दै आएकी २५ बर्षिया मुना हस्दाको पीत्तथैलीमा ढुंगा रहेपनि आर्थिक अभावका कारण उपचार गर्न सकेकी थिइनन् । चार बर्ष अघिदेखि पेट दुख्दै आएको र केहि दिन अघि धेरै दुखेपछि अस्पताल जाँदा अप्रेसन गर्नु पर्छ भनेपछि यो परिवार निराश बनेको थियो ।
श्रीमान सुनिल हस्दा ट्याक्टरमा बालुवा हाल्ने मजदूरी काम गर्ने र उनि सानो छोरी स्याहार गर्दै आएकी थिइन्। बिरामका कारण नै उनि काममा समेत जान सकेकी थिइनन् ।
सन्थालले आफ्नो उपचारमा सहयोगका लागि अपिल गरेकी थिइन् । दमक ७ का वडाध्यक्ष समेत रहेका लाइफ लाइन अस्पतालका सञ्चालक भिम पौड्यालले तत्काल उपचारमा चासो राखेका थिए ।
लगत्तै बिरामीलाइ लाइफलाइन अस्पताल ल्याइएको थियो । अस्पतालका डाक्टर समिर भट्टराइले तत्काल बिरामीलाइ जाँच गरेर अहिले दुखिरहेको अवस्थामा अप्रेसन गर्ने दुखाइ कम गरेर केहि दिन पर्खेर अप्रेसन गर्नु उत्तम हुने सल्लाह दिएकाछन् ।
उनले आफ्नो तर्फबाट बिरामीलाइ पूर्ण सहयोग गर्ने बताउदै गरिबी कारण नै उपचार नपाउने अवस्था नआउने जनाए । उनले बिरामीलाइ धेरै सहन नसक्ने गरी दुखेको अवस्थामा तत्कालै पनि अप्रेसन गर्नका लागि तयार रहेको जनाउदै केहि दिनलाइ औषधि दिइएको भट्टराइको भनाइ रहेको छ ।
लाइफलाइन अस्पतालका प्रशासकिय प्रमुख सिम्रिक गिरीले अति बिपन्न सन्थाल महिलाको उपचार अस्पतालले गर्ने र उपचारमा कुनै कमी हुन नदिने बताए । डाक्टर र अस्पताल सञ्चालक एवं प्रशासनले सन्थाल महिलाको उपचारमा सबै प्रकारको सहयोग गर्ने गिरीले बताए ।
जनप्रतिनिधि समेत रहेका पौड्यालले अस्पतालले गरिबी कारण कोहि पनि उपचारबाट बन्चित नहोस भन्ने नीति लिएको जनाउदै अति बिपन्न परिवारलाइ उपचारमा सहयोग गर्दै आएको र यस पनि सहयोग गर्ने बताए ।










