माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा बादलले केही दिनमै एमालेसँग पार्टी एकता हुने बताएका छन् ।

तामाङहरुको वर्ष २८५४ औा (खी कुकुर वर्ष ) को अवसरमा सोमवार काभ्रेको बनेपामा नेपाल लोकतान्त्रिक तामाङ संघ र एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा काभ्रेले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा थापाले पार्टी एकता हुनेमा शंका नगरी ढुक्का हुन आग्रह गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वादलले भने, ‘ढुक्क हुनुस् पार्टी एकताको मोडलिटीकाे टुंगाे नजिक पुगि सकेको छाैँ, घोषणा मात्रै गर्न बाँकी छ। अब खुसीको समाचार सुन्न पाउनुहुनेछ यसमा कुनै शंका उपशंका नगर्नुस् ।’

अहिले एमाले–माओवादीको एकता नै अहिलेको आवश्यकता भएको र एकताको घोषणा केही दिनमै हुने उनले बताए ।

नेता थापाले भने,‘नेपालमा वाम एकताको आवश्यकता छ । वाम एकता कसैले रोक्न सक्दैन । केही दिनमै पार्टी एकता गरेर देखाउछौँ ।’ काभ्रे जिल्लाबाट निर्वाचित स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलार्इ उनले सम्मान गरेका थिए ।