सवाल नेपालका न्युज रिपोर्टर करन महरा / के बि ले आफ्नो २२ औँ जन्मदिनको पुर्वअवसर पारी धुर्मुस सुन्तली फाउण्डेसन द्वारा निर्मित सन्तपुर बस्ती निर्माणका लागि अपुग केही रकम सहयोग गर्नुभएको छ । समाज सेवालाई नै मानव धर्म ठानी आउँदो फाल्गुन १७ गते पर्ने जन्मदिनको पुर्व अवसरमा फाउण्डेसनलाई अक्षरेपी रु. ६,४०४ /- सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
साथै दैवीप्रकोप लगायत अन्य प्रकोपका कारण बर्सेनि हजारौंको संख्यामा नेपालीहरुले भोग्दै आईरहेको पिडालाई तपाईं हाम्रो सानो सहयोगले पनि ठूलो राहत मिल्ने हुँदा यस्ता माहान कार्यहरुमा सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो " मानवको चोला दुई दिनको हो,मरेपछि सबैथोक छोडेरै जानुपर्छ,बाँचुन्जेल अर्काको दुखमा सानो सहायताले पनि ठूलो उद्दार हुन्छ भने किन पछि हट्ने ।"










