दमक/झापाको दमक स्थित दमक शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देशभर कै उत्कृष्ठमा छनौट भएको छ । नगर बिकास कोषले उपभोक्ता संस्थालाइ पत्र पठाएर यस बिषयमा जानकारी गराएको हो ।
कोषको ३० औ बार्षिकोत्सवको अवसरमा संस्थालाइ उत्कृष्ठको घोषणा सहित पुरुस्कृत गरिने कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतले बताएकाछन् । आउदो फागुन २ गते होटल याक एण्ड एतीमा बार्षिकोत्सव कार्यक्रम रहेको छ ।











