काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवसकै दिन पार्टी एकता टुंग्याउने तयारी भईरहेको खुलासा गरेका छन् ।
२३ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रको सहयोगी संगठन वाइसीएल नपालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ओयाजित विशेष कार्याक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘आज ऐतिहासिक दिन जनयुद्ध सुरु भएकै दिन आज पार्टी एकता प्रक्रिया टुंग्याउने हाम्रो तयारी छ । यदि आज एकतालाई निष्कर्षमा पुर्याउन सकियो भने तयो मेरो लागि सबै भन्दा खुशीको क्षण हुने छ ।’
हिजो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो उपल्बधी मूलक वार्ता भएको थियो । जसमा पार्टी नेतृत्व, सरकारको नेतृत्व र एकीकृत पार्टीका नेपालका विषयमा दुई नेताहरुबीच सहमति भइसकेको छ ।
त्यसैले आज फेरि छलफल गरी एमाल र माओवादी पार्टीबीच एकताको घोषणा हुन सक्ने प्रचण्डले बताएका छन् ।










