त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपट्टिको भागमा रहेको डम्पिङ साइटमा फोहर जलाउँदा १५ मिनेट उडान अवतरण प्रभावित भएको छ । मंगलबार साढे चार बजे विमानस्थलको फोहर संकलन केन्द्रमा आगो लगाउँदा त्यसबाट फैलिएको आगो र धुवाँको कारण १५ मिनेट उडान तथा अवतरण पूर्ण रूपमा बन्द भएको विमानस्थलका कार्यालयले जानकारी दिएको छ।
आगो लगाउने मान्छेले कतिसम्म प्रभाव पार्नसक्छ भनेर आँकलन नगरी आगो लगाएको तर आगो धेरै फैलिंदा विमानस्थल नै बन्द भएको थियो । अहिले भने सुचारु भइसकेको विमानस्थलका एक अधिकारीले बताए । उनका अनुसार आगलागीबाट कुनै क्षति भएको भने छैन ।










