दमक/पूर्वाञ्चल यातायात संघको अध्यक्षमा दमकका पुराना यातायात ब्यवसायी गंगा सिटौला निर्वाचित भएकाछन् । विर्तामोडमा भएको २७ औ बार्षिक साधरणसभाबाट सिटौला अध्यक्ष बनेकाहुन् ।
एक कार्यकाल अध्यक्ष भएर बीचमा छाडेका उनी फेरी बिशेष साधरणसभाबाट सर्वसम्मत रुपमा अध्यक्ष बनेको बताईएको छ । सामाजिक ब्याक्तित्वको रुपमा समेत दमकमा चिनिएका सिटौलाले संघलाइ ब्यवस्थित गरेर लैजाने बताए ।
यसैगरी झापा गौरादहका यातायात ब्यवसायी, सामाजिक एवं राजनीतिक ब्याक्तित्व हुकमुसिंह नेपाली संघको सचिब बनेका छन् । उनि पनि सर्वसम्मत रुपमा सचिब बनेकाहुन् ।










