पाँच नम्बर प्रदेशका एमालेका संसदीय दलका नेताशंकर पोख्रेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरिने भएको छ । प्रदेशप्रमुख उमाकान्त झाले नेता पोख्रेललाई मुख्यमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आज मुख्यमन्त्री नियुक्त भएपनि सपथ भने भोली लिने प्रदेश प्रमुख कार्यालयका सचिव सनदकुमार दवाडीले जानकारी दिए। मुख्यमन्त्रीको सपथ भने बिहीबार दिउँसो ३ बजे तोकिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सपथका लागि नेपाली सेनाले प्रदेश प्रमुखको निवास रहेको सडक डिभिजन अतिथि निवास नजिकैको कम्पाउण्डमा तयारी गरिरहेको छ। मुख्यमन्त्रीको सपथकै दिन दुई मन्त्रीले पनि सपथ लिनेछन्। एमाले र माओवादी केन्द्रबाट १–१ जनाले सपथ लिने टुंगो लागेको छ।