प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजीनामा दिने तयारी गरेका छन् ।तर उनको राजीनामा भने निर्वाचन आयोगको निर्णयमा निहित हुने भएको छ । निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाएमा बुधबारै राजीनामा दिने देउवाको तयारी छ ।
‘निर्वाचन सम्पन्न गर्ने दायित्व पूरा गरिसकेकाले प्रधानमन्त्री ज्युले पदमा बसीरहन नचाहेको काग्रेसका एक नेताले बताए, उनले भने निर्वाचन आयोगले समानुपातीकको मत परिणम बुझाए लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनु हुन्छ ।
निर्वाचन आयोगले पनि बुधबार कार्यालय समयभित्रै निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसका लागि राष्ट्रपतिसँग समय पनि माग गरिएको आयोगका एक पदाधिकारीले जानकारी दिए ।
तर, दलहरुलाई समानुपातिक सांसदको नामावली सच्याएर बुझाउन निर्वाचन आयोगले दिएको थप दुई दिनको समयअवधी पनी आजै सकिदै छ । त्यसैले आयोग दलहरुबाट संशोधित नामावली आउने पर्खाइमा छ । टिभी अन्नपूर्ण डट कम बाट










