विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक ७ स्थित रेडक्रस छेउमा रहेको खाली जमिनमा रोज गार्डेन पार्क बन्ने भएको छ । यो पूर्वको नै पहिलो गुलाफको पार्क बन्ने समेत बताइएको छ ।
प्रेम दिवसको सन्दर्भ पारेर बुधबार बिहान नगरपालिका प्रमुख रोमनाथ ओली र उपप्रमुख गिता अधिकारीले दूइवटा गुलाफको बिरुवामा पानी हालेर उक्त पार्क निर्माणको शुरुवात गरेकाछन् ।
https://www.youtube.com/watch?v=ktH0ozt0qos&feature=youtu.beकरिब ४० लाखको लागतमा बन्ने पार्क दमकको प्रमुख आकर्षणको केन्द्र बन्ने नगर प्रमुख ओलीले बताएकाछन् । धेरैले यस क्षेत्रको सदुपयोगको लागि सुझाव दिएको बताउदै पार्क निर्माण उपयुक्त हुने महसुस गरेर यसलाइ अघि बढाइएको उनको भनाइ रहेको थियो ।
यसैगरी उपप्रमुख अधिकारीले नगरपालिकाले पछिल्लो समयमा पर्यटकीय क्षेत्रको बिकास र प्रवद्र्धनमा बिशेष चासो राखेर काम गरिरहेको जनाएकी थिइन् । दमकका अन्य वाडहरुमा समेत नमुना पार्कहरु बनाउने योजना रहेको उनले बताइन् ।
वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज दाहालले नगरपालिकाले नमूना पार्क बनाउन लागेको बताएका थिए । यसको डिजाइन आर्किटेक पारस खड्काले गरेकाहुन् ।













