एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल सुरु भएको छ । पार्टी एकताबारे समान धारणा बनाएर आज नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । स्रोतका अनुसार आज नै पार्टी एकताको अन्तिम खाका तयार गर्ने तयारी भइरहेको छ ।

अहिले दुर्इ पार्टीबीच भइरहेका छलफलका बुँदा – पार्टीकाे अागामी कार्यदिशाबारे दुवै संगठनका समान र विमतिका विचारहरू संकलन गर्ने । पार्टीभित्र छलफल चलाएर एकता महाधिवेशनमार्फ़त तय गर्ने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

– अध्यक्षको हकमा दुवै पार्टीका अध्यक्षहरूलाई समान हैसियत र भूमिका रहने किसिमको मोडालिटी तय गर्ने बारे छलफल गरी निष्कर्षमा पूर्याउने

-संगठनात्मक एकीकरणको प्रक्रियाबारे सहमति जुटाउने