लितपुर, फागुन २
ललितपुर क्षेत्र न १ का सांसद नवराज सिलवाललाई फसाउन शेरबहादुर देउवा नेतृत्वको सरकारले षड्यन्त्र गरेको भन्दै स्वतन्त्र नागरिक सडकमा उत्रिएका छन् । उनकै क्षेत्र निवासी सर्वसाधारणले देउवाले कु नियत राखेर पहिला देखी नै सिलवाललाई फसाउन लागिरहेको भन्दै उनको समर्थनमा खबरदारी गरेका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालय परिसरमा बिरोध प्रदर्शन गर्दै युवाहरुले देउवा सरकारले प्रतिशोध पुर्ण ढङ्गले प्रस्तुत भएका कारण आफुहरु सडकमा ओर्लेको बताएका छन । खबरदारी सभामा बोल्दै युवा नेता पुरुषोत्तम आचार्यले न्यायको अनुभुती नगराएर राज्यले नवराज सिलवाललाइ अन्याय गरे अन्याय गर्नेहरुलाइ जनताले कार्वाही गर्ने चेतावनी दिनुभयो । जनमत माथी ज्यादती भैरहेकोले दबाब दिन सडकमा ओर्लन तयार भएको संकेत गर्दै प्रदर्शन गरिएको युवाहरुले बताएका छन ।
यसैविच, सिलवाल विरुद्धको सरकारी दस्तखत तथा कीर्ते मुद्दाको अनुसन्धानमा जिम्मेवार पक्षसग बयान नै नलिई एकपक्षिय ढंगले बनाएको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। कुनै पनि अनुसन्धान गर्दा सम्वन्धित पक्षसग छलफल वा सोधपुछ गरेर बनाईन्छ । तर प्रहरीले सो घटनामा संलग्न कसैको पनि बयान नै नलिई प्रतिवेदन तयार पारेर त्यसमा सुझाव समेत पेश गरेर बुझाएको हो । तर, सरकारी वकिल कार्यालयले प्रतिवेदन अपुरो भएको भन्दै दर्ता गरेको छैन ।










