उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले बुधबार राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गर्दागर्दै थापाले मन्त्रालयबाट विदाई भएका हुन ।

थापा मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्रालयका सचिब अनुप उपाध्यायले थापालाई ढाका टोपी र खादा लगाई मायाको चिनो स्वरुप पशुपतिनाथको मन्दिर हस्तान्तरण गरेको थापाका सहयोगी राजाराम बर्तौलाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थापाको बिदाईका क्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो भने बिदाईका क्रममा थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए । टिभी अन्नपूर्ण बाट