काठमाडौं– माओवादी हेडक्वाटर बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको मौखिक सहमतिको ब्रिफिङ गरेका छन्।
खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा बसेको बैठकमा दाहालले एमालेसँग द्विअध्यक्षात्मक प्रणाली र आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको ब्रिफिङ गरेका थिए।
बैठकमा सहभागी अन्य नेताले त्यसलाई लिखित रुपमै टुंगो लगाउन अध्यक्ष दाहाललाई जिम्मा दिएका थिए।
'सहमतिबारे लिखित रुपमै स्पष्ट भएर जानुपर्छ', एक नेताले भने, 'पछि किचलो आउनु राम्रो हुँदैन।'
आजै बिहान भएको दुई पार्टीका अध्यक्षबीचको छलफलपछि दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेको हो। एमाले स्थायी कमिटि बैठक भने ललितपुरको मानभवनमा बसिरहेको छ।
आजै पार्टी एकता संयोजन समितिको पनि बैठक बस्ने कार्यक्रम छ।
दुई पार्टीबीच आजै एकता हुनसक्ने अनुमान गरिएको छ।
नेपाल लाइभ बाट









