राजीनामा दिनासाथ प्रधानमन्त्री शेरबहादुरले देउवाले सरकारी निवास बालुवाटार छाड्ने भएका छन्।
उनी गत असार ५ गते बिहान ५:२२ बजे बालुवाटार प्रवेश गरेका थिए। २०७४ जेठ २३ गते ४०औं प्रधानमन्त्री बनेका उनी ज्योतिषीको सुझाव अनुसार नै ढिलोगरी बालुवाटार गएका थिए।
'ज्योतिषीले बालुवाटार पसेको ९ महिनाअघि नै त्यहाँबाट बाहिरिन सल्लाह दिएका छन्', स्रोतले भन्यो, 'त्यसैले उहाँले फागुन ५ गतेअघि नै बालुवाटार छाडिसक्नुहुन्छ।' सरकारी निवास छाडेपछि उनी निजी निवास बूढानीलकण्ठ जानेछन्।
प्रधानमन्त्री देउवाले आजै राजीनामा दिने तयारी गरेका छन्। नेपाल लाइभ बाट










