सवाल नेपाल डेक्स दमक/ गरिबी कारण झापा मेचीनगर ८ नकलवन्दाका ४५ वर्षीय भाडाकुमार खडिया अनुहार भन्दा ठूलो ट्युमर लिएर हिड्न बाध्य भएकाछन् । लोपोन्मुख आदिवासी समुदायका खडियाले ट्युमरको उपचार गर्न नसकेका कारण सहयोगको याचना गरेकाछन् । उनिसंग अस्पताल जानसम्म पैसाको अभाव रहेको छ ।
खडिया चिया मजदूर हुन । चिया मजदुरी गर्ने क्रममा ट्युमर बढ्दै जादाा काम गर्न सकेनन् र अहिले बेरोजगार रहेकाछन् । श्रीमतिको पैसाले घरमा हात मुख जोडिएको छ । शुरुमा उनलाई देव्र्रे कान मुन्तिर सानो सामान्य गा“ठो पलाएको थियो । त्यसलाई उनले सामान्य ठाने । तर, वस्तारै त्यही गा“ठोले ट्युमरको रुप लियो । अहिले ढुंगा जस्तो कडा ट्युमर ठूलो भएको छ ।
सुत्न र हिडडुल गर्न समस्या भइरहेको उनले सुनाए । अनुहार समेत तन्कदा सुत्न समेत समस्या भोगिरहेको उनको भनाइछ । पर्वत पोर्तेलको सहयोगमा










