फागुन २, काठमाडौं । नवराज सिलवालविरुद्ध बुधबार दायर गर्ने भनिएको सरकारी कागजात कीर्ते मुद्दा अदालतमा पेश हुन सकेको छैन ।

सांसद एवं पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिलवालविरुद्ध मुद्दा दर्ता गर्न महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाललाई दबाव दिए पनि सिलवालविरुद्ध मात्रै दर्ता गर्ने आधार नभएको भन्दै दाहालले अस्वीकार गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा सिलवालविरुद्धको कीर्ते मुद्दामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा पेश भएका भिन्दाभिन्दै कार्य सम्पादन मूल्यांकन (कासमु) मध्ये कुन चाहिँ कीर्ते हो र यसमा कस(कसको संलग्नता छ भन्ने अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।