काठमाडौँ- मन्त्रिपरिषद्को बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि आज बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए।










