काठमाडौं, फागुन ३

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै देउवाले पदबाट राजिनामा दिएका हुन् । राजिनामा दिए लगत्तै देउवा सो पत्र लिएर राष्ट्रपति भवन शितल निवास पुगेका छन् । प्रधानमन्त्रीको पत्र बुझे लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्ने राष्ट्रपति कार्यालयले जनता टाईम्सलाई जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

करिव १५ मिनेट लामो सम्बोधनको क्रममा उनले आफ्नो सरकारले गरेका कामहरुबारे जानकारी गराएका थिए। उनले तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पुरा गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पुरा गरेको बताए ।

पदबाट राजिनामा दिदै उहाले आफ्नो कार्यकालमा निर्वाचन भएको र संविधानको स्वीकार्यता बढाएको सम्बोधनको क्रममा बताएका छन्। सम्बोधनका क्रममा उनले भारत र चीनसँगको सम्बन्धलाई आफ्नो कार्यकालमा थप समानतामा आधारित बनाइएको दाबी गरे। वृद्धभत्ताको निर्णयमाथि आलोचना खेपेका उनले यसबारे पनि सपष्ट पार्दै भने, नेपालका केही जिल्लामा औसत आयु ७० वर्षभन्दा कम छ। त्यसैले सरकारले उनीहरुको जीवनयापनमा सहयोग पुगोस् भनेर ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरेको बताउनु भयो ।

https://youtu.be/5dPdpE3-atk