नेकपा एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन हुनु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो ।
बैठकमा एमाले नेता माधवकुमार नेपालले ओलीलाई संसदीय दलको नेता चयन गरियोस् भन्ने प्रस्ताव राखेका थिए । दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मर्यादित भएर जनताको पक्षमा काम गर्न निर्देशन दिनुभयो । साथै संसद बैठकमा उपस्थित हुदा पुरुषले दौरा सुरुवाल र महिलाले सकेसम्म सारी चोलो लगाउन आग्रह गर्नुभयो ।










