नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार सानो आकारको मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।
एमालेको तर्फबाट दुईजना मन्त्री सहभागि बनाएर ओलीले सानो आकारको मन्त्रिमण्डल गठनको तयारी गरेका हुन् । ओलीले प्रधानमन्त्रीको शपथ लिएलगत्तै एमाले महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीले मन्त्रीको शपथ लिने तयारी भएको एमाले स्रोतले बतायो । ज्ञवालीले अर्थमन्त्रालयको जिम्मा पाउने छन् भने पोखरेल उपप्रधानमन्त्री बन्ने छन् ।
लोकान्तर बाट साभार










