काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रारम्भिक मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट प्रतिनिधित्व भएन्।

नवनियुक्त प्रधानमन्त्री ओलीले आफूसँगै लालबाबु पण्डित (जनसंख्या तथा वातावरण) र थममाया थापा (महिला, बालबालिका र समाजकल्याणमन्त्री)मा सपथ गराए पनि वाम गठबन्धनको साझेदार दल एवं एमालेसँग एकताको प्रक्रियामा रहेको माओवादीबाट कुनै मन्त्रीको सपथ गराइन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारमा मन्त्री नपठाउनुको कारणबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिन्धुली पुगेर मुख खोलेका छन्। अध्यक्ष दाहालले पार्टी एकीकरणपछि मात्रै माओवादी केन्द्रका मन्त्रीहरु सरकार जाने बताए।

सरकार र पार्टीको नेतृत्व आलोपालो पद्धतिबाटै सञ्चालन सहमतिसहित बाम गठबन्धनको नेतृत्वमा सरकार बनेको स्पष्ट पार्दै उनले भने– ‘पार्टी एकिकरणपछि मात्रै माओवादी केन्द्रका मन्त्रीहरु सरकार जानेछन्।’

माओवादी नेताहरुका अनुसार प्याकेजमै सहमति गर्ने भन्दै ओली नेतृत्वको सरकारमा माओवादीले मन्त्री नपठाएको बुझिएको छ। नागरिक न्यूज बाट साभार