राप्रपा अध्यक्ष एवं शेरबहादुर देउवा सरकारका निवर्तमान उपप्रधानमन्त्री कमल थापाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै थापाले कार्यकाल विगतको जस्तै गौरवपूर्ण होस भनेका छन् ।
‘तपाईको कार्यकाल विगतको झै सफल र गौरवपूर्ण रहोस् । राष्ट्रियताको सम्बर्धन एवं स्थायित्व र सम्बृद्धिको लक्ष्य प्राप्तिमा कोशेढुङ्गा बन्न सकोस् । हार्दिक शुभकामना !’ थापाले ट्वीटमा लेखेका छन् ।
लालीगुरास बाट










