काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बेलुका प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगी पदभार ग्रहण गरेका छन्।

बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेका ओलीले बिहीबार बेलुका नै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले सिंहदरबारमा पाँचवटा निर्णयसमेत गरेका छन्। देशभरिका तुइन दुई वर्षभित्र हटाउने, आन्तरिक लगानी बढाउने र भ्रष्टाचार नियन्त्रण गर्नेलगायत पाँच निर्णय उनले गरेका हुन्।