झापाको दमकमा चौधो खाद्य महोत्सवको भब्यताका साथ उद्घाटन गरिएको छ । सडकमा खाऔ,सडकमा रमाऔ’ भन्ने नाराका साथ विहिबारदेखि झापाको दमकमा तीन दिने फूडफेस्टिवल शुरु भएको हो।
फूडफेस्टिवलको एक कार्यक्रमका बीच नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गर्दै होटल ब्यवसायलाइ दोस्रो घरको रुपमा बिकास गर्न सबै लाग्नु पर्नेमा जोड दिए ।
होटल व्यवसायी संघ क्षेत्रीय समितिले आयोजना गरेको महोत्सव दमकको आकाशेपूल नजिक पूर्व पश्चिम राजमार्गको उत्तरमा लगाइएको हो ।
संघका उपाध्यक्ष तथा फेस्टिवलका संयोजक सुधिर प्रधानका अनुसार खाद्य परिकारका ४० वटा स्टलहरु रहेका छन् । संघका क्षेत्रिय अध्यक्ष राजन दंगालका अनुसार पूराना दुई होटल व्यवसायीसहित ५ जनालाई सम्मान पनि भएको थियो।
सम्मानीत हुनेमा होटल व्यवसायी ज्ञानबहादुर कार्की, दिवश राई, पत्रकार गोपाल झापाली , ज्येष्ठहरु एकमणि खतिवडा, वलराम दाहाल रहेकाछन् । दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, दमक जेसीजका अध्यक्ष चन्द्र खत्रीलगायतले महोत्सव सफलताको कामना गरेका थिए ।
यो पनि हेर्नुहोसhttps://youtu.be/TLkT_qd-EZQ










