दमक/दमक उद्योग बाणिज्य संघले झापाको दमक स्थित मुख्य चोकमा हाइपर लाइट जडान गरेर बिहिबार साझबाट सञ्चालनमा ल्याइएको छ । संघको लगानीमा दमक चोकको रौनकता बढाउनका लागि हाइपर लाइट लगाइएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताए ।
दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा, दितिय उपाध्यक्ष युवराज घिमिरे लगायतको उपस्थिति र सक्रियतामा हाइपर लाइट जडान भएको बताईएको छ ।
यसले दमक चोक एवं आइल्याण्ड क्षेत्र उज्यालो बनाउनका लागि यसले सहयोग पुग्नेछ । पछिल्लो समयमा दमकलाइ उज्यालो शहर बनाउनका लागि बिभिन्न प्रयास हुदै आएको छ ।










