दमक/झापा दमक ७ की बधुवामुक्त बनाइएकी बालिका एवं परिवारलाइ दमक जेसिजको अध्यक्ष चन्द्र खत्रीले जेसिजको तर्फबाट लत्ता कपडाहरु प्रदान गरेकाछन् । ओड्ने ओछ्याउनेदेखि लिएर लाउने सम्मका कपडाहरु खत्रीले उपलब्ध गराएृकाहुन् ।
आफू काम गर्न जान नसक्दा बालिकाले माछामासु खान नपाएको उनकी आमा सीता तामाङले गुनासो गरेपछि त्यसका लागि तत्काल खत्रीले १ हजार रुपिया समेत प्रदान गरेका थिए । खत्रीले जेसिजका तर्फबाट यो सहयोग गर्दा महासचिब गोपाल गुरागाइ लगायत सबै बोर्ड सदस्यहरुको सहभागिता रहेको थियो ।
जे भेटेयो त्यो खाने र एकैक्षण पनि केहि नगरी बस्न नसक्ने बालिका अहिले कुरा बुझ्न थालेको आमा तामाङले जानकारी दिइन् ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी, वडाध्यक्ष भीम पौड्याल, सवाल नेपाल लगायतको पहलकदमीमा बालिकाको स्वास्थ्य उपचार एवं खाद्यन्नको बन्दोबस्त भएको थियो ।
दूइ महिनाको खाद्यन्नको ब्यवस्थापन लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष रुद्र गौतम र लायन्सकर्मी मनोज अग्रवालले गरेका थिए ।











