दमक/झापाको स्थानीय तह पुर्नसंरचनामा क्षेत्र नम्बर ७ लाई दमक उपमहानगपालिकाको माग गर्दै आएका स्थानीय राजनितिक दलले आफ्नो मागहरुलाई बेवास्था गरेको भन्दै पार्टीका जिल्ला नेतृत्वलाई आफ्नो क्षेत्र प्रवेशमा रोक लगाउने भएका छन् ।
आज झापाको दमकमा आज पत्रकार सम्मेलन गर्दै आन्दोलन संघर्ष समितिल लामो समय देखिको आफ्नो मागलाई दलका जिल्ला स्थित पार्टी नेतृत्वाले बेवास्था गरेको भन्दै यस क्षेत्रमा प्रवेश रोक गर्ने बताएका हुन् । क्षेत्र नम्बर ७ लाई दमक उपमहानगरपालिका घोषणाको माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएको संघर्ष समितिले यस अघि पनि बभिन्न संघर्षको कार्यक्रम गर्दै आएको थियो । यस्तै अब पुनः शसक्त आन्दोलन गर्ने भएको आन्दोलन संघर्ष समितिका संयोजक रेवतराज पुरी गगनले जानकारी दिनुभयो । माईपशिचमको विकासमा माईपूर्वका नेताहरु तगारो बनेको समेत उहाँले आरोप लगाउनुभयो । संघर्ष समितिले आन्दोलनलाई अझै शसक्त बनाउने समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । आन्दोलनका कार्याक्रमहरुमा मंसिर २५ गते दमकमा बृहत जनप्रदर्शन गर्ने र २६ गते देखि यस क्षेत्रका सबै सरकारी कार्यालयहरुमा अनिश्चितकालिन तालाबन्दी गर्ने निर्णय भएको छ । आगामी दिनका आन्दोलनका कार्याक्रममा प्रहरीले हस्तक्षेप गरेमा सार्वजनिक यातायात र बजार पनि ठप्प पर्ने आन्दोलन परिचालन निर्देशक समितिका संयोजक सुरेस सुब्बाले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले झापा क्षेत्र नम्बर ७ का क्षेत्रिय इञ्चार्ज होम थापाले दमकलाई उपमहानगरपालिका घोषणा नगरे सम्म आन्दोलनलाई शसक्त ढंगबाट अघि बढाईने जानकारी दिनुभयो ।



