काठमाडौँ : औपचारिक रुपमा सांसदको सपथ लिनु अगावै राष्ट्रपतिले केपि शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै आलोचना भइरहेकै बेला राप्रापा अध्यक्ष कमल थापाले ओलीलाई फेरि सपथ लिन सुझाव दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले नब-नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ लिन सल्लाह दिएका हुन् ।

ओलीले आफ्नो शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाएको भन्दै थापाले राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह आग्रह गरेका छन्। ‘प्रम के पि ओलीले शपथमा “देश” शब्द उच्चारण गर्न छुटाउनु भयो,’ थापाले ट्वीट गर्दै लेखेका छन्,‘निश्चय नै यो नियतवश होईन, त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थापाले आफ्नो ट्वीटमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले शपथमा सामान्य त्रुटि हुँदा दोहोर्याएर सपथ लिएको सन्दर्भ उल्लेख गरेका छन् । बिहिबार दोस्रो कार्याकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष समेत रहेका ओलीले हिजो नै शितनिवासमा सपथ लिएका थिए ।