दमक/लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकले दमक रेडक्रस सोसाइटी दमक उपशाखाको भोली शनिबार हुने निर्वाचनमा लायन्सकर्मी बिमल शर्मा र रमेश अधिकारीलाइ जिताउन आग्रह गरेको छ । सामाजिक क्षेत्रमा योगदान दिदै आएका लायन्सकर्मीहरुलाइ जिताउन क्लवका अध्यक्ष रुद्र गौतमले आग्रह गरेकाहुन् ।

शर्मा र अधिकारी लामो समयदेखि दमकमा ब्यवसायीक तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहदै आएकाछन् । उनिहरुको पक्षमा जनमत समेत रहेको पाईएको छ । यसैगरी दमक जेसिजपनि आफ्ना सदस्यहरुलाइ जिताउन आग्रह गरेको छ । शर्मा र अधिकारी जेसिज सदस्य पनि हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड