काठमाडौं । सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक विकासको व्यवहारिक योजना बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको समृद्धि र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहका वरिष्ठ नेता नेपालले मुलुकको सम्पूर्ण ध्यान आर्थिक समृद्धिमा केन्द्रित गर्नुपर्ने बताए।

उनले मुलुकलाई समृद्ध बनाउन दक्ष जनशक्ति र भौतिक पूर्वाधारको कामलाई तीव्रता दिनुको विकल्प नरहेको स्मरण गराए। नेता नेपालले कृषि, पर्यटन र जलस्रोत नै मुलुक समृद्धिको मुख्य आधार भएको उल्लेख गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अबको सरकारले रोजगारी वृद्धि र उद्यम विकासलाई उच्च प्राथमिकता दिनुपर्ने नेता नेपालको भनाइ थियो।छलफल डट कम बाट