काठमाडौँ, ४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली सरकारमा माओवादीको सहभागिता नभएको बारे प्रतिकृया दिएका छन् ।

शुक्रबार एकीकृत अखित नेपाल शिक्षक संगठनको पाचौँ सम्मेलनमा अध्यक्ष प्रचण्डले माओवादी सरकारमा सहभागी नहुँदा बाहिर आएका हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रचण्डले पार्टी एकता र सरकार गठनका सम्बन्धमा आएका समाचारहरु गलत भएको दाबी गरेका छन् । उनले प्याकेजमा सहमति गर्न खोज्दा सरकारमा जान ढिला भएको बताए । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामख र मन्त्रीहरुकै विषय टुंग्याएर प्याकेजमै एक दुईदिनभित्रै पार्टी एकताको खाका तयार गर्ने उनले बताए ।

वार्ता सकारात्मक भइरहेको समेत उनले बताए । उनले भने, ‘छलफल सकारात्मक भइरहेको छ । दुई/चार दिनमै सहमतिमा पुग्छौँ ।’ प्रचण्डले ७० वर्षपछि मुलुकले स्थायित्व पाउन लागेको बताए । अघिल्ला सरकारहरुले गर्न नसकेका कामहरु अब बन्ने सरकारले गरेरै छाड्ने उनले दाबी गरे ।

दैनिक नेपाल बाट साभार