विष्णुप्रसाद पोखरेल दमक । झापाको दमक नगरपालिकाले दमक राजपत्र प्रकाशित गरेको छ । स्थानीय सरकारको रुपमा नगरपालिकाले पहिलो पटक बिभिन्न कार्यबिधिहरु समेटिएको राजपत्र प्रकाशित गरेको हो । राजपत्रमा बिभिन्न छ वटा कार्य बिधि तथा नियमावलीहरु रहेकाछन् । नगर सभाबाट पारित भएका कार्य बिधिहरु राजपत्र प्रकाशित गरेर कार्यन्वयनमा ल्याईएको जनाईएको छ ।

नगर प्रमुख रोमनाथ ओलीका अनुसार नेपालका संबिधानको धारा अनुसूची ८,९ मा उल्लेख भएका सुची अन्तृगतका बिषयमा कानुन बमोजिम स्थानीय तहबाट निर्माण गरिएका कानून, नियम, निर्देशिका, कार्यबिधि आदि राजपत्रबाट प्रकाशन गर्नु पर्ने ब्यवस्था भएबमोजिम स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी दमक नगर कार्यपालिका दमकले स्थानिय राजपत्र प्रकाशन कार्य बिधि २०७४ बनाएर सार्वजनिक गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजपत्र प्रकाशनका लागि प्रधान सम्पादक प्रमुख प्रशासकिय अधिकृत, सल्लाहकार उपप्रमुख र प्रमुख संरक्षक नगरपालिकाको प्रमुख रहने कार्य बिधिमा उल्लेख रहेको छ । बिशेष परिस्थिति बाहेक राजपत्र ६/६ महिनामा प्रकाशन गरिने दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज दाहालले बताउनु भयो । यसमा प्रकाशन भएका बिषय दमक नगरपालिकाको आधिकारीक दस्तावेजको रुपमा रहने जनाउनु भयो । उहाँले भन्नुभयो–‘पहिलो पटक ६ वटा कार्य बिधि तथा नियामवलीहरु समावेश गरेर राजपत्र प्रकाशित गरिसकेका छौ र अर्को अंक पनि तयारीको क्रममा रहेको छ ।’

पहिलो राजपत्रमा स्थानीय राजपत्र प्रकाशन कार्य बिधि, नगरसभा सञ्चालन कार्य बिधि, भूमि ब्यवस्थापन निममावली, दमक बिपद् व्यवस्थापन कोष निर्देशिका, नगर कार्यापालिका(कार्यसम्पादन), नगर कार्यापालिका(कार्य बिभाजन) राजपत्रमा प्रकाशित भएर लागु भइसकेको पाईएको छ । नगरपालिकाको बोर्ड बैठकबाट पारित भइ नगर प्रमुखले प्रमाणित गरेको मितिबाट नै कार्य बिधि लागु भएको प्रमुख प्रशासकिय अधिकृत दाहालले जानकारी दिनु भयो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलका अनुसार स्थानीय तहरुले गरेका कामहरुको बिषयमा अनुगमन गर्दा दमक नगरपालिकाले मात्र व्यवस्थित रुपमा राजपत्र प्रकाशित गरेर काम गरेको पाईएको छ । यो झापामा उदाहरणिय र अनुकरणिय रहेको पाएको उहाँले जनाउनु भयो । जिल्लाका सबै स्थानीय तहहरुमा पुगेर काममा भएका अप्ठ्यारा तथा असजिलोको बिषयमा छलफल गर्ने क्रममा राजपत्र प्रकाशन गरेको पाएको बताउदै यसलाइ जिल्ला समन्वय समितिले रचानत्मक कामको रुपमा लिएको पोर्तेलले बताउनु भयो ।