काठमाडौँ — सिन्धुली सदरमुकामबाट गोलन्जोर गाँउपालिका-५ हिर्दिङतर्फ जाँदै गरेको जिप बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ साउनेपानीमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बा ११ च २२ ७५ नम्बरको डबल क्याप बोलेरो सडकबाट करिब ५० मिटर तल खसेको हो । दुर्घटनामा कमलामाई नगरपालिका-६ का ५८ वर्षीय लक्ष्मीप्रसाद देवकोटा, गोलन्जोर गाउँपालिका- ५ का २० वर्षीय रेशम कार्की, २२ वर्षीय युवराज लुङ्गेली मगर, १९ वर्षीय नवराज थापाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए । जिपमा कति यात्रु थिए भन्ने यकिन तथ्याङ्क आइनसकेको र एकजनाको खोजतलास भइरहेको समेत प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने १२ जनाको जिल्ला अस्पताल सिन्धुली र मोर्डन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रनाउ शर्माले जनाए । नेपाली सेना, प्रहरी, सशस्त्र र स्थानीय मिलेर दुर्घटनास्थलमा हराइरहेकाहरुको खोजबिन जारी छ । कान्तिपुर दैनिक मा खबर रहेको छ