४ फागुन | प्रधानमन्त्री पदबाट मुक्त भएकै दिन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई बालुवाटार बोलाएर पूर्व डीआइजी तथा एमाले सांसद नवराज सिलवाललाई जसरी पनि पक्राउ गर्न निर्देशन दिएका छन् ।

बिहीवार साँझ प्रधानमन्त्री निवासमा आइजीपी अर्याललाई देउवाले बोलाएका थिए । सिलवाललाई कीर्ते गरेको अभियोगमा पक्राउ गरी मुद्दा चलाउन नसके उनले संसद सदस्यको सपथग्रहण गर्ने र मन्त्री हुने बाटो खुल्ने, त्यसो भए कीर्ते प्रकरणमा आफूहरुसमेत पर्ने देउवाको भनाई थियो । ‘सिलवाललाई किन पक्राउ गर्न नसकेको ? अव त्यसले वर्वाद पार्छ’ अर्यालसँग देउवाको भनाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘जसरी हुन्छ उसलाई पक्रेर संसद सदस्यको सपथ ग्रहण गर्न नदेउ । यसमा मेरो मात्र होइन, तिम्रो पनि वर्वाद हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नो प्रधानमन्त्रीकालमा सिलवाल विरुद्ध राज्यशक्ति पूर्ण रुपमा परिचालन गरेका देउवाले सिलवाल पक्राउ नपरे आफ्नो सम्पूर्ण राजनीति वर्वाद हुने भन्दै जस्तोसुकै कानुनी बाटो अपनाएर भए पनि पक्राउ गर्न निर्देशन दिएका हुन् । प्रहरी महानिरीक्षक नियुक्त प्रकरणमा गृहमन्त्रालयले सर्वाेच्च अदालतमा खामबन्दी गरी दुईथरी अंक भएको अलग अलग कार्यसम्पादन मुल्यांकन बुझाएपछि उल्टै सिलवालमाथि त्यसको दोष लगाउँदै देउवा सरकार सिलवाल विरुद्ध अतिरिक्त सक्रियतासमथ उत्रेको थियो ।

प्रहरी महानिरीक्षक नियुक्ति विवादमा परेपछि सर्वाेच्च अदालतमा गृहमन्त्रालयले पहिलो पटक पठाएको कार्यसम्पादन मुल्यांकनका आधारमा सिलवाल १ नम्बरमा रहेको फैसला सर्वाेच्चले नै गरेको थियो । सर्वाेच्चको उक्त फैसला अनुसार सिलवाललाई आइजीपी नियुक्त गर्नु पर्ने भएपछि गृहमन्त्रालयले अर्काे कार्यसम्पादन मुल्यांकन खडा गरी प्रकाश अर्याललाई कासमुमा माथि देखाएको थियो । सरकार आफैंले खामबन्दी गरी पठाएको कासमु सिलवालले कीर्ते गरेको भन्दै उनी विरुद्ध कारवाही गर्ने प्रयास देउवाले गरेका थिए ।

यस विषयमा सर्वाेच्च अदालतले दुईथरी कार्यसम्पादन मुल्यांकन फेला परेकोले दुईमध्ये एक कीर्ते हुने ठहर गर्दै कीर्ते कसले गरेको छ छानविन गरी कारवाही गर्नु भन्ने आदेश दिएको थियो । तर, कीर्ते छानविन गर्नुको साटो देउवा प्रशासनले आफूले गरेको कीर्तेमा सिलवालमाथि एकतर्फी कारवाही गर्न पक्राउ गर्न खोजेको थियो । तर, सर्वाेच्चको आदेशमा सिलवाललाई कीर्ते ठहर नगरेकाले प्रहरी र सरकारी वकिल कार्यालयले सिलवाल विरुद्ध मुद्दा दर्ता गर्न र पक्राउ गर्न अंग नपुग्ने भन्दै पक्राउ गर्न अस्वीकार गरेका थिए । देउवा सरकारले भने सिलवालका नाममा इन्टरपोल नोटिस नै जारी गरेको थियो ।

पक्राउ गर्न कानुनी आधार नपुग्ने भएपछि देउवा सरकारका महान्याधिवक्ता आफैंले सिलवाल विरुद्ध मुद्दा हाल्ने तयारी गरेका थिए । तर, अदालतले मिसल हेर्न समय लाग्ने भनेपछि देउवाको उक्त प्रयास पनि असफल भएको थियो । देउवाले नयाँ प्रधानमन्त्री नियुक्त हुने अन्तिम घडीसम्म राजीनामा नदिनुका कारण मध्येको एक सिलवाल प्रकरण पनि हो । उनी सिलवाललाई पक्राउ गरेपछि मात्रै पदबाट राजीनामा दिन चाहन्थे ।

प्रधानमन्त्रीबाट राजीनामा दिएर नयाँ प्रधानमन्त्री नियुक्त भएका दिन राती पनि आइजीपी अर्याललाई बालुवाटार बोलाएर देउवाले सिलवाललाई पक्राउ नगरे आफ्नो राजनीति बर्वाद हुने वताएका थिए ।चक्रपथ