प्रदेश १ मा माओवादीका सबै सांसद मन्त्री बन्ने भएका छन् । पार्टी्भित्रको आन्तरिक झगडा मिलाउन नसकेपछि माओवादी केन्द्रले ‘रोटेसन’ को रोचक र नया सूत्र प्रतिपादन गरेको छ । यो सूत्रअनुसार प्रदेशमा जितेका सबै माओवादी सांसदहरु मन्त्री बन्न पाउनेछन् ।प्रदेश १ मा माओवादीका १५ सांसद छन् ।

तीन मन्त्री, एक उपसभामुख र एक जना दलको नेतासहित ५ जनाले पहिलो चरणमा सत्ताको स्वाद चाख्न पाएका छन् । बाँकी १० जनाले ‘रोटेसन’ का आधारमा अबको ५ वर्ष्भित्र सत्ताको पालो पाउने छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश १ मा माओवादीभित्र चर्को अन्तरद्वन्द्व बढेपछि आलोपालोका आधारमा सबैलाई मन्त्री बनाउने सूत्र प्रतिपादन गरिएको हो । माओवादी केन्द्रले आलोपालो मन्त्री चलाउने आन्तरिक सहमति गरे पनि यहीवीचमा एमालेसँग पार्टी एकता भयो भने यो थ्यौरी’ गर्भमै तुहिने सम्भावना छ । टिभी अन्नपुर्ण बाट