एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच शनिबार बिहान भेटवार्ता भएको छ ।

बालकाेटमा भएकाे वार्तामा आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने सहमति भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

करिब ४५ मिनेट भएकोे वान टु वान वार्तामा पार्टी एकतामा देखिएका समस्याका बारेमा छलफल भएको बताइएकाे छ ।

यसअघि सहमति नजिक पुगेको दावी गरेका दुई दलबीच पार्टीकाे कार्यदिशाकाे विषयमा विवाद देखिएको थियो । साेहिकारणा एकता नै पर सरेकाे थियाे ।

अब भोली पार्टी एकता संयोजन समितिको बैठक बस्ने अाेलीका प्रेस संयाेजक चेतन अधिकारीले बताए ।